१५ मंसिर २०७५, शनिबार

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरुको २७ औँ अन्तराष्ट्रिय दिवस – डिसेम्बर ३, २०१८ मूल आयोजक समितिको सचिवालय राष्ट्रिय अपाङ्ग महासंघले काठमाडौमा एक प्रेश विज्ञप्ति जारी गरि यस बर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराहरू लगायत यस दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रमहरू सार्वजानिक गरिएको छ ।

यस वर्ष संयुक्त राष्ट्रसंघले, “अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र समावेशिता र समानताको सुनिश्चितता” तय गरेको छ भने नेपाल सरकारले तय गरेको राष्ट्रिय नारा “मलाइ गणना गर, समावेश गर” रहेको छ । जारी बिज्ञप्ति अनुसार विश्व स्वास्थ्य संगठन र विश्व बैँकले सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गता सम्बन्धि विश्व प्रतिवेदन अनुसार संसारको कुल जनसंख्याको १५ प्रतिशत मानिसहरु कुनै न कुनै रुपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका उल्लेख गरिएको छ ।

यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) ले जनाए अनुसार अपाङ्गता भएका व्यक्तिहरुको कुल जनसंख्याको ८० प्रतिशत विकासोन्मुख देशहरुमा रहेको बताइएको छ । साथै विश्व बैँकका अनुसार विश्वका अति गरिब मानिसहरुमा २० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेका बताइएको छ ।युनिसेफका अनुसार सडक युवाहरुमा ३० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेका छन । युनेस्कोले उजागार गरेको तथ्य अनुसार विकासोन्मुख देशमा ९० प्रतिशत अपाङ्गता भएका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित रहेका छन । यस्तै नेपाल सरकारले गत २०६८ मा गरेको जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या कुल जनसंख्याको झण्डै २ प्रतिशत देखिएको थियो ।

यद्यपी नेपालको सन्दर्भमा विश्व बैँक र विश्व स्वास्थ्य संगठनको दावीलाई मान्ने हो भने अपाङ्गता भएका व्यक्तिहरुको संख्या ३० लाख हुनुपर्ने बताइएको छ । अपाङ्गता बिषयमा तथ्याङ्क संकलनमा हुने प्राविधीक जटिलता, जनचेतनाको अभाव, अपाङ्गताको परिभाषा र वर्गीकरणको सिमितता, गणकहरुलाई अपाङ्गता सम्बन्धि पर्याप्त तालिमको अभाव, अपाङ्गता भएका व्यक्तिहरुलाई गणना नगर्ने र लुकाउने प्रवृत्ति, तत्काल पहिचान गर्न नसकिने र नदेखिने प्रकृतिका अपाङ्गता गणनामा आउन नसक्ने कारणले अपाङ्गता भएका व्यक्तिहरुको सहि तथ्याङ्क आउन नसकेको जनाइएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले २०७४ सालमा पुरानो अपाङ्ग संरक्षण तथा कल्याण ऐनलाई पुनर्लेखन गरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी सन् २००६ अनुकुल हुनेगरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ निर्माण हुनु, २०७३ सालमा समावेशी शिक्षा निती लागु हुनु तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि नियमावली ल्याउने तयारी हुनु, स्थानिय तहलाई अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, पुनस्र्थापना र सामाजिक सुरक्षाको लागी जिम्मेवार बनाउन स्थानिय सरकार सञ्चालन ऐनमा व्यवस्था गरिनुलाई सकारात्मक नीतिगत परिवर्तनको रुपमा उल्लेख गरिएको छ ।

निःशुल्क शिक्षाको व्यवस्था, समुदायमा आधारित पुनस्र्थापना कार्यक्रमलाई अनुदान सहयोग, छात्रवृत्तिको व्यवस्था, सहायक सामाग्री वितरण, स्थानीय स्तरमा बजेट बिनियोजन, सार्वजानिक यातायातमा छुटको व्यवस्था लगायत सुविधाहरु अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गर्दै आएको बिज्ञप्तिमा उल्लेख गरेको छ । राज्यले अझैपनि अपाङ्गता भएका व्यक्तिहरुको विस्तृत तथ्याङ्क राख्न नसक्नुलाई प्रमुख चुनौतीको रुपमा उल्लेख गरिएको छ ।

यसैबीच सरकारले उपलब्ध गराएका सेवा सुविधाहरुबाट अझै पनि दुर्गम र गरिवीको अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरु र अति तथा पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु व्ञ्चित रहेका, भौतिक संरचना र सञ्चार सेवाहरु अपाङ्गता मैत्री नभएको कारणले अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जिवन कष्टकर बनेको, पुर्ण अशक्त, बौद्धिक अपाङ्गता भएका व्यक्ति, अटिज्म, हेमोफेलियाजस्ता समस्याहरुबाट प्रभावित व्यक्तिहरुका लागी राज्यले शिक्षा र स्वास्थ्य सम्बन्धि सेवाहरु उपलब्ध गराउन नसक्नुलाइ मुख्य समस्याको रूपमा उल्लेख गरिएको छ ।

नेपालमा अन्तराष्ट्रिय अपाङ्ग दिवस सन् १९९३ देखि मनाउन थालिएको हो । यो दिवस हरेक बर्ष नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवालाहरुको सहभागीतामा बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । साथै यसको दिवसको आयोजक समितीको सचिवालय राष्ट्रिय अपाङ्ग महासंघ रहँदै आएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाइ विश्वव्यापी रुपमा स्थापित गर्ने प्रयासको क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय अपाङ्गता बर्षको रुपमा घोषणा गरेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुका सवालमा विश्वव्यापी रुपमा काम गर्न १९८३ मा राष्ट्रसंघले अपाङ्गता सम्बन्धि विश्व कार्ययोजना लागु ग¥यो । सन् १९९२ मा यस दश बर्षे कार्ययोजनाको विश्वव्यापी रुपमा भएको कार्यान्वयनको समिक्षा गरियो र त्यहि बर्षदेखि ३ डिसेम्बरलाई अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।

LIVE TV