१५ मंसिर २०७५, शनिबार

काठमाडौँ ।  जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनुसन्धनका लागि लोप्चनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच सोही वडाको सरस्वतीनगरमा बारा कलैयाका ४० वर्षीय प्रितम कुमारको इलेक्ट्रोनिक्स पसलबाट आज करीब रु दुई लाख बराबरको छ थान टिभी चोरी भएको छ । चोरीमा संलग्न रहेका व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गाँजासहित पक्राउ 

चन्द्रागिरि नगरपालिका–२ पिपलामोडबाट धादिङ गल्छी गाउँपालिका– ७ बस्ने १८ वर्षीया सरिता तामाङ र सोही ठाउँका १७ वर्षीय सञ्जोक तामाङलाई तीन किलो अवैध गाँजासहित पक्राउ गरेको छ । गएराति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
LIVE TV