१५ मंसिर २०७५, शनिबार
  • मनोज श्रीवास्तव

कपिलवस्त । कपिलवस्तुका किसानले गहुँको विउ अझै पाउन सकेका छैनन् । कृषि कार्यालय तथा नेपाली बजारमा गहँुको बिउँ पाउन मुस्किल भएपछि किसानहरु अबैधरुपमा भारतीय बजारमा भर पर्नुपर्ने बाध्यता छ । नेपाली बजारमा तथा कृषि कार्यालयमा गहुँको बिउँ नभएपछि अहिले जिल्लाका कृषकहरुले गहुँ रोप्न पाएका छैनन् ।

 स्थानीय कृषकले अहिले बजारमा बिउँ पाउन मुस्किल छ भने पाईहाले पनि महंगो मूल्य तिर्नुपर्ने बाध्यता छ । कपिलवस्तुमा २७ हजार बढी हेक्टरमा गहुँ खेती हुने गर्दछ । तर यस बर्ष सिंचाई सुविधाको र बिउँको अभावले गहुँ खेतीमा कमी आउने देखिन्छ । बिगत बर्षहरुमा कृषि कार्यालय मार्फत ४० प्रतिशत अनुदानमा गहुँको बीउ पाए पनि यो वर्ष कृषकले जिल्ला कृषि विकास कार्यालयबाट गहुँको बिउँ पाउन नसक्दा समस्यामा परेका छन् । कृषि क्षेत्रको प्रवद्र्धनको मुख्य नारा दिएको सरकारले किसानहरुलाई गहुँ बिउँको दिन नसक्नु अचम्मको विषय बनेको छ ।

भारतीय सीमाना नजिक भएका गाउँलेहरुले भारतबाट मंहगोमा बिउँ किन्न बाध्य छन् । यता यसबर्ष सरकारले बिउँ उपलब्ध नगराउदा अधिकांश खेतहरु बाँझै राखेका छन्् । सिंचाई र मलखादको अभाव झेल्दै आएका किसानले समयमै बिउँ नपाउदा गहुँबारी बाँझै राख्नुपर्ने गुुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV