१५ मंसिर २०७५, शनिबार

काठमाडौँ, १५ मङ्सिर । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज स्वदेश फर्कनुभएको छ ।

उहाँलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन यही मङ्सिर १३ गते काठमाडौँ आउनुभएको थियो । आजदेखि शुरु भएको सम्मेलन मङ्सिर १७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV