१५ मंसिर २०७५, शनिबार

काठमाडाैं। युनिभर्सल पिस फेडेरसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजनामा विवादित एशिया प्यासेफिक सम्मेलन आज काठमाडौंमा उदघाटन हुँदैछ ।

हिजैदेखि अनौपचारिक जमघट भए पनि औपचारिक सुरुवात भने आज हुन लागेको हो । आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हिजो राष्ट्र प्रमुख/सरकार प्रमुखलाई स्वागत गर्दै सम्मेलनको अनौपचारिक सुरुआत गर्नुभएको थियो । आइतबारसम्म चल्ने सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायत उपस्थित भएका छन् । सम्मेलनमा ५० मुलुकका १५ सयभन्दा बढी पाहुना नेपाल आइसकेका छन् ।

गैरसरकारी संस्थाले गरेको सम्मेलनलाई सरकारले सहयोग गरेको भन्दै आलोचना भइरहेको छ । तर आयोजकले भने सम्मेलनले नेपालको पर्यटकीय प्रवद्र्धन गर्नका साथै यहाँको शान्तिप्रक्रिया र संविधान निर्माणपछिको रुपान्तरणको चरणबारे विश्वव्यापी सन्देश दिन सहयोगी हुने दावी गरेको छ ।

सम्मेलनका लागि म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि काठमाडौंमा छन् । सुकी र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV