१५ मंसिर २०७५, शनिबार

झापा | दमकल खरिद गर्न झापामा भिक्षा संकलन गरिएको छ । नेपाल तरुण दलले झापाको शिवसताक्षी नगरपालिकालाई दमकल खरिद सहयोगार्थ शुक्रबार व्यंग्य स्वरूप भिक्षा संकलन गरेको हो ।

नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र व्याङडाँडामा पानीको खाली बोत्तल, आगलागी हुँदै गरेको घर, दमकलको तस्बिर प्लेकार्डमा राखेर भिक्षा संकलन गरिएको तरुणका नेता योगेश लिङ्देनले बताए । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ ।

LIVE TV