१४ मंसिर २०७५, शुक्रबार

काठमाडौं । यो साता शेयर बजारमा ३३ अंकको गिरावट आउँदा नेप्से परिसूचक तीन बर्ष अघिकै विन्दुमा भरेको छ । बैंकर्स संघले तत्काल ब्याज नबढाउने निर्णय गरेपछि नयाँ लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ । तर विक्री चाप अत्याधिक भएकाले परिसूचकमा गिरावट आएको हो ।

शेयर बजारमा परिसूचक नेप्से तीन वर्ष यताकै न्यून विन्दुमा भरेको छ । यो साता परिसूचक नेप्से ३२ दशमलव आठ आठ अंकले घटेर १ हजार १ सय ४८ अंक नजिक बन्द भएको छ । नेप्से यसअघि २०७२ पुष २१ गते १ हजार १ सय ४६ अंकमा थियो । त्यस पछि बजार बढेर २०७३ साउन १२ गते अहिले सम्मकै उच्चतम विन्दु १ हजार १ सय ८१ अंकमा पुगेको थियो ।

त्यस यता बजारमा गिरावट आइरहेको छ । यो साता सेन्सेटिभ परिसूचक पनि झण्डै ७ अंकले घटेर २ सय ४४ अंक नजिक बन्द भएको छ । कारोबार रकम भने गत सताको तुलनामा बढेको छ । १ खर्ब २९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । पछिल्लो समय बजारमा शेयरको संख्या बढनु, बैंकमा लगानी योग्य रकमको अभाव हुनु, दोहोरो अंकको ब्याजदर कायम हुन र बैंकहरुले पूँजी बृद्धि पछि नगद लाभांशमा जोड दिएका कारण बजार घटदै गएको छ ।

सबैभन्दा बढि कारोबार वाणिज्य बैंकहरुको भएको छ । नेपाल बैंक, एनएमबी बैंक लगायतका बैंकहरुको शेयर कारोबार उच्च छ । शेयरबाट भन्दा बैंकको निक्षेपबाट बढि नाफा हुने भएपछि लगानीकर्ताले बजारमा शेयरको विक्रीचाप बढाएका छन् ।

 

LIVE TV