१४ मंसिर २०७५, शुक्रबार

विराटनगर, १४ मङ्सिर : प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले मानव जातिले मानव जातिलाई गरेको शोषण र दमन दण्डनीय छ भन्नुभएको छ । मानवअधिकार तथा शान्ति समाजको २१औँ परिषद् बैठकको आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालको संविधानले मानव जातिको थुप्रै अधिकार स्थापित गरेको छ भन्नुभयो ।

प्रदेश प्रमुख तुम्बाहाङले संविधानमा उल्लिखित जनताका अधिकारलाई स्थापित गर्न सरकारले कानून निर्माण गर्न अग्रसरता देखाउनुपर्र्ने चर्चा गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति स्थापनाको कार्यमा मानवअधिकार तथा शान्ति समाजको भूमिका उच्च रहेको बताउनुभयो । उहाँले मुलुकमा सङ्घीय लोकतन्त्रलाई सही दिशामा डो¥याउन समाजले अझ भूमिका खेल्नुपर्छ भन्दै हाम्रो स्वाधीनता, अखण्डतामा आँच पु¥याउने काम कसैबाट भएमा असह्य हुनेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले विगतमा सडक तताउने र आन्दोलनमा चरम उत्कर्षमा पु¥याउने समाजले आफ्नो भूमिकालाई अझ तिखारेर लैजानुपर्ने सुझाव दिनुभयो ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रका हरेक अङ्ग मानवमैत्री बन्नुपर्ने र यसैबाट मानवअधिकार तथा शान्ति कायम हुने विचार व्यक्त गर्नुभयो । मानवअधिकार तथा शान्ति समाजका अगुवा डा देवेन्द्रराज पाण्डेले वर्तमान व्यवस्थाप्रति जनताका घृणा बढ्न नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले हाम्रो देशमा विदेशी राष्ट्रको दबाब बढिरहेकाले सार्वभौमसत्ता टिक्न गाह्रो हुने चर्चा गर्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सभासदस्य उमिता बराइली, प्रदेशसभा सदस्य जयराम यादव, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक हरिबहादुर थापा, अनलाइन खवरका अरुण बराल, भरतबहादुर थापा, कृष्ण कँडेल, डिल्लीबहादुर कार्की, होमकान्त चौलागार्इं र मानवअधिकारवादी सोमराज थापाले पनि बोल्नुभएको थियो । दुई दिनसम्म चल्ने सो बैठकमा ५० जिल्लाका करीब २०० पर्यवेक्षक र प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV