१४ मंसिर २०७५, शुक्रबार

काठमाडाैं । एशिया प्यासिफिक सम्मेलनमा सहभागि हुन अाएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री सेनले आज बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्रभित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र हिरण्य वर्ण महाविहारको भ्रमण गरेका हुन्। प्रधानमन्त्री सेनले छैठौं शताब्दीमा बनेको हिरण्य वर्ण महाविहारमा पूजापाठ समेत गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पु¥याएका सम्पदाको पुनर्निर्माणबारे पनि चासो राखेको थिए । यसअघि सेनलाई पाटन दरवार क्षेत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरेका थिए ।

एशिया प्यासिफिक सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री सेन हिजो नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV