१४ मंसिर २०७५, शुक्रबार

ललितपुर। नक्कली सुन देखाएर लुटपाट गर्ने समूहमा दुई जना प्रहरीको संलग्नता रहेको खुलासा भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले अहिलेसम्म एक प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत मोहनबहादुर बम, गोपाल विश्वकर्मा, संजयकुमार तिरुवा, शिवु कुमाल रहेका छन्। परिसर ललितपुरमा कार्यरत शालीकराम नेपाली फरार रहेका छन् ।

उनी सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’मा खटिएका थिए । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV