१३ मंसिर २०७५, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शैद्धान्तिक सहमति दिएको प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंकको शेयर अनुपात मिलाउने काम टुङ्गिएको छ । यता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गतवर्षको नाफाबाट लाभांश वितरण घोषणा गरेको छ ।

प्राइम बैंक

नेपाल राष्ट्र बैंकबाट एक आपसमा गाभिन स्वीकृति पाइसकेका प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकको शेयर अनुपात टुङगिएको छ । सहमति अनुसार प्राइमको १०० कित्ता शेयर बाराबर ओेमको ८० कित्ता हुने भएको छ । यि दुई बैंक एक आपसमा गाभिएपछि १० अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।

प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकको शेयर अनुपात

  • नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति
  • प्रइमको १ सय कित्ता बराबर ओमको ८० कित्ता
  • मर्जपछि १० अर्ब चुक्ता पूँजी पुग्ने

डिप्रोक्स लघुबित्त

डिप्रोक्स लघुबित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। शेयरधनीले १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पाउने भएका हुन् । लघुवित्तले घोषणा गरेको लाभांश पाँच वर्ष यताकै न्यून हो । ७ करोडरुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन भने बाँकी छ ।

डिप्रोक्सको लाभांश दरमा गिरावट

  • २० प्रतिशत लाभांश प्रस्ताव
  • १० प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर
  • पाँच वर्ष यताकै न्यून लाभांश
  • ७ करोड रुपैयाँ चुक्ता पूँजी
  • नेपाल राष्ट्र बैंकबाट पारित हुन बाँकी

प्रतिक्रिया दिनुहोस्
LIVE TV