१३ मंसिर २०७५, बिहीबार

काठमाडौं – संकलित फोहोर नै व्यवस्थापन गर्न नसकिएको काठमाडौंमा ‘स्मार्ट डस्टबिन’ भित्र्याइएको छ । उपत्यकाका मुख्य सडक खण्डमा सार्वजनिक निजी साझेदारीअन्तर्गत निजी क्षेत्रले ‘स्मार्ट डक्स बिन राख्न थालेको हो ।

एक सातायता सार्वजनिक निजी साझेदारीअन्तर्गत कृष्ण सप्लायर्स प्रालिले काठमाडौंका मुख्य सडकमा ‘स्मार्ट डक्टबिन’ राख्न थालेको हो । चीनबाट ल्याइएको अत्याधुनिक ‘डस्टबिन’ले फोहर संकलन मात्रै गर्दैन, वायुप्रदुषण मापन पनि गर्छ । मोवाइल चार्ज गर्ने सुविधा रहेको ‘डस्टबिन’ले राति उज्यालो पनि दिन्छ ।

पहिलो चरणमा एयरपोर्टदेखि माइतिघरसम्म साठी स्थानमा ‘स्मार्ट डक्टबिन’ राखिने छ । दोस्रो चरणमा रत्नपार्क र तेस्रोमा बसन्तपुर गरी दुई सय स्थानमा डस्टबिन राख्ने योजना छ । व्यवसायिक विज्ञापनसमेत राख्न मिल्ने डस्टविनले फोहोर व्यवस्थापन सहज बनाउने काठमाडौं महानगरपालिकाको विश्वास छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक दायित्व वहन नहुने गरी कृष्ण सप्लार्यसले प्रति डक्स विन ६ लाख गरी १२ करोड रुपैयाँ लगानी गर्दैछ । सरकार र काठमाडौं महानगरपालिकाले पूर्वाधार बनाउन नसकेकाले फोहोर व्यवस्थापनमा निजी क्षेत्र अगाडि सर्नु परेको प्रालिको भनाइ छ ।

काठमाडौं उपत्यकामा दैनिक १७ हजार मेट्रिक टन फोहोर निस्किन्छ । जसको दुई तिहाई सडक क्षेत्रमै रहन्छ । ‘स्मार्ट डक्टविन’को प्रयोग बढाउन सके फोहोर व्यवस्थापनमा खटिएका १ हजार १७ कर्मचारीलाई अन्य उत्पादनमुलक काममा लगाउन सकिने महानगरपालिकाको भनाइ छ । कुहिने र नकुहिने दुवै किसिमका फोहर राख्न मिल्ने ‘स्मार्ट डस्टबिन’मा संकलन भएको फोहर कृष्ण सप्लायर्सले प्रत्येक दिन टेकुमा लगेर व्यवस्थापन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV