१३ मंसिर २०७५, बिहीबार

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

पछिल्लो समय नेपाली रुपैयाँको तुलनामा डलरको भाउ सस्तिदै जाँदा सुनचाँदीको भाउमा कमि आएको छ । त्यस्तै अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउमा गिरावट आएको छ । बुधबार प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन बिहीबार १ सय रुपैयाँले घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुन ५७ हजार २ सय रुपैयाँमा खरिदविक्री भएको छ ।

तर चाँदीको भाउ बढेकोछ । बुधबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले बढेर ७ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले प्रति दश ग्राम फाइन गुणस्तरको सुन ४९ हजार २ सय ९५ रुपैयाँ, तेजावी सुन ४९ हजार ४० रुपैयाँ र चाँदी ६ सय ४ रुपैयाँ ५० पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV