१३ मंसिर २०७५, बिहीबार

घोराही घोराही । उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उनको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि जण्डिसले थलिएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्किएका थिए । तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी भएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV