१३ मंसिर २०७५, बिहीबार

सिमकोट । भिरको सत्तरी मिटर तल कर्णाली नदी बग्छ । भिर फुटाउने मजदुरलाई हेर्दा पनि शरीरमा रिङ्गटा लाग्ने गरेको छ । तर पनि चार महिनादेखि राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको सिमकोट हिल्सा खण्डको च्याछरा भिर फुटाउने जस्तो ज्यानको जोखिम मोलेर पनि काम गर्नुपर्ने दैनिकी नै कामदारहरुको छ ।

‘निर्माणस्थलको चार सय मीटर टाढाको बासबाट सात बजे उठेर काममा आउनु, बिस्फोटनका लागि प्वाल खोप्नु दैनिकी बनेको भए पनि यसरी भिर फुट्ला भन्ने लागेकै थिएन,’ रामेछाप जिल्ला गकुलगङगा गाउँपालिका–१ का कामदार राजन थापाले भन्नुभयो । उहाँ चार महिनादेखि त्यहाँ काम गरिरहनुभएको छ ।

भिरमा जाँदा टाउकोमा हेलमेट र सेफ्टी बेल्ट बाँधेर प्वाल खोप्न जाँदा आङ नै सिरिङ्ग हुने गरेको छ । कति खेर के हुने हो मनमा चिन्ता मात्र आइरहने र बेलुका बासस्थान नफर्कुन्जेल ज्यानको बाजी राखेर काम गरेको सम्झदै थापाले यसरी ४० मिटर अग्लो भिरलाई फुटाउन सकिएला भन्ने नलागेको बताउनुभयो । तर फुटाएको कडा चट्टान देखाउदै श्रमिक थापाले भन्नुभयो,‘अहिले त भीर भन्दा जितेको अनुभब भइरहेको छ ।’ काम गर्दा घरका परिवारका सदस्यहरूसँंग भेट हुने नहुने कुरा दिमागमा बारम्वार आइरहन्छ । याे खबर अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV