१३ मंसिर २०७५, बिहीबार

काठमाडौँ ।  यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ ।

घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमार छन् । त्यसैगरी टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी, सोनु तामाङ कुशल भूर्तेल, शंकर राना, रसिद खान, पवन सार्राफ, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की लगायत छन् ।

इपिएलका लागि ललितपुरले खेलाडीका लागि मात्र रु ३५ देखि ४० लाख खर्च गर्न लागेको जनाएको छ । खेलाडीको सबै सुविधाका लागि उनीहरुले अघिल्लो संस्करणको भन्दा झण्डै तेब्बर रकम खर्च भएको ललितपुर अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो ।

सन्दीपले दुईवटा खेल मात्र खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला यूएईमा जारी टी–१० लिगमा व्यस्त छन् । उनले यही मङ्सिर २२ देखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्नेछन् ।

तर अष्ट्रेलियाको बिग ब्यास लिगमा समेत सहभागिता जनाएका उनले इपिएलको शुरुआती दुई खेलमात्र खेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सका अध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा भन्नुभयो, “सन्दीपले मङ्सिर २२ मा विराटनगर वारियर्स र मङ्सिर २३ मा चितवन टाइगर्स विरुद्धको खलेमा मात्र सहभागीता जनाउनेछन् ।”

यही मङ्सिर २२ गतेदिख शुरु भई पुस ७ गते समापन हुनेछ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिका अनुसार प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रियस, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV