१२ मंसिर २०७५, बुधबार

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ ।

भक्तजनले त्रिचालिस महिनापछि आजदेखि मन्दिरभित्रै गएर पूजा गर्न थालेका हुन् । मन्दिर पुनर्निर्माणका लागि यसअघि अस्थायी टहरामा पूजा गर्ने व्यवस्था मिलाइएको थियो । दक्षिण पश्चिम ६ इन्च ढल्किएको मन्दिर २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको थियो ।

यसअघि दश कर्म पूजा गरेर मात्रै मन्दिर खुला गर्ने भनिएको थियो । तर, दश कर्म पूजाका लागि माघमा मात्र तिथि रहेकाले भक्तजनको इच्छा र पूजाआजाको सहजतालाई ध्यान दिएर मन्दिर खुला गरिएको पुजारी इन्सान थापामगरले जानकारी दिनुभयो । करिव १४ करोडको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV