१२ मंसिर २०७५, बुधबार

प्रविधिको विकासले विश्वलाई साँघुरो बनाएको छ । विश्व २१ औं शताव्दीको युगमा रमाउँदै छ । तर, कतिपय मानव बाहिरी दुनियासँग विलकुल अलग रहेको सुन्दा अचम्म लाग्न सक्छ । इण्डोनेसियाको कोरोवाई जनजाती जो आफ्नो समुदाय भन्दा बाहिरी विश्व बुझ्दैनन् ।

इण्डोनेसियाको पश्चिम पापुवामा बस्दै आएका कोरोवाई जनजातीलाई बाहिरी विश्वबारे कुनै जानकारी नै छैन । उनीहरु आफ्नै संसारमा बाँचेका छन् । करिव ३ हजारको संख्या रहेको यो जनजातीलाई आफू बाहेक अरु कुनै जनजातीको अस्तित्वका बारेमा ज्ञान नै थिएन । सन् १९७० मा पहिलो पटक बाहिरी दुनियाँले उनीहरुबारे जानकारी राखे ।

उनीहरुको भाषा पनि आफ्नै समुदायमा मात्रै सिमित छ । रुखमा झ्mुपडी बनाएर बस्ने गरेका यो जनजाती शिकार गरी जनावरको मासु खान्छन् । उनीहरु जादुमन्त्रमा विश्वास राख्छन् र आफ्नै मान्छेको बली दिन समेत पछि पर्दैनन् ।

सन् १९७४ मा यो जनजातीको खोज मानव वैज्ञानिक पिटर वेन आर्सिस्ट, भूगोल विषेशज्ञ रोवल मिटोन र यो समुदायको जानकार मार्क डेनिसले गरेका थिए । उनीहरुलाई बाहिरी दुनियासँग घुलमिल गराउन अभियान नै चलाइए पनि उनीहरु आफ्नो दुनिया भन्दा बाहिर आउँन चाहेनन् । र उनीहरु अहिले पनि यही बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV