१२ मंसिर २०७५, बुधबार

काठमाडौँ । माथिल्लो तामाकोशीको भर्खरै विक्री भएको साधारण शेयर एक महिनाभित्रमा नेप्सेमा सुचिकृत हुने भएको छ ।

मंगलबार बाँडफाँड भएको माथिल्लो तामाकोशीको शेयर एक महिनाभित्रमा नेप्सेमा खरिदविक्री गर्न पाइने भएको छ । विक्री प्रवन्धक सनराइज क्यापिटलले तामाकोशीको शेयर एकमहिना भित्रमा नेप्सेमा लिस्टिङ गराउने तयारी भइरहेको जनाएको छ । माथिल्लो तामाकोशीको संचालक समितिको निर्णयपछि लिष्टिङको प्रकृयामा जाने सनराइजले जनाएको छ ।

तामाकोशीले निष्काशन गरेको १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता शेयर मंगलबार बाँडफाँट भएको थियो । ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना दोलखाको लामाबगरमा निर्माण भइरहेको छ । कम्पनीले दिएको जानकारी अनुसार ९७ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

आयोजनाको कुल लागत निर्धारित भन्दा दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV