१२ मंसिर २०७५, बुधबार

गुल्मी । गुल्मीमा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिदको विरोधस्वरुप भीख संकलन गरेको छ । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीले मंगलबार सांकेतिक विरोधस्वरुप भीख संकलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि जम्मा भएका विद्यार्थी नेता तथा कार्यकर्ताले राष्ट्रपति भण्डारीका लागि गाडी खरिद गर्ने भन्दै भीखका रुपमा ६ सय ८६ रुपैयाँ संकलन भएको जानकारी इकाई सभापति पुनाराम घिमिरेले दिए । भीखबाट संकलन गरिएको रकम जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्री राहत कोषमा पठाइदिने जानकारी सभापति घिमिरेले दिए ।

भीख संकलन कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका नगर सभापति छवि पाण्डे जिल्लास्थित विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV