१२ मंसिर २०७५, बुधबार

ललितपुर। निर्माणधिन काठमाडौँ-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरि चर्चामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यो फास्ट ट्रयाककै खोकनाको कुदेश हुदैँ जान्छ । कुदेशमै सडकको रेखांकन गरिसकिएको छ । तर सडकका लागि रेखांकन गरिएको भागमै पुरातात्त्विक सम्पदा भेटिएपछि संघीय संसद् समितिमा समेत यस विषयले प्रवेश पाएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विषयले प्रवेश पाएको हो ।समितिले यस विषयमा स्थानीयहरुबाट गुनासो सुन्दै छलफल आगाडि बढाएको छ ।

LIVE TV