१२ मंसिर २०७५, बुधबार

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगकाे शीर्षस्थानमा रियल म्याड्रिड पुगेकाे छ । मंगलबार भएको समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २-० ले पराजित गर्दै शिर्ष स्थानमा  उक्लिएकाे हाे ।

पहिलो हाफमा बारबरी गाेलरहित खेलेकाे खेलमा दाेस्राे हाफमा म्याड्रिड दुर्इ गाेल गर्न सफल भयाे । पहिलो हाफको अन्त्यतिर रोमाका मिडफिल्डर सेन्गिज उन्दरले अपत्यारिलो मिस गरेपछि रोमा अग्रता लिनबाट चुकेको थियो । उक्त मिसलाई च्याम्पियन्स लिगकै इतिहासमा खराबमध्यको एक रहेको जिकिर गरिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेकाे म्याड्रिडले दाेस्राे हाफकाे सुरूवातमै गाेल गर्न सफल भयाे । खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलले गाेल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ५९ औं मिनेटमा लुकास भाज्केजले दोस्रो गोल गर्दै रियलको जित पक्का गरे । जितसँगै अंक तालिकामा रियल शीर्ष स्थानमा रहने पक्का भएको छ । रोमा पनि दोस्रो स्थानमा रहँदै अर्को चरण पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV