१२ मंसिर २०७५, बुधबार

काठमाडौं । १० औं संस्करणको ग्लोब सकर अवार्डअन्तर्गत उत्कृष्ट खेलाडीको मनोननय सार्वजनिक भएको छ । उत्कृष्ट खेलाडीमा पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो, रूसमा भएकाे विश्वकपबाट चर्चामा अाएका विश्वकप विजेता फ्रान्सको केलियन एमबाप्पे र फ्रान्सको टोलीमा रहेका एन्टोइन ग्रिजम्यान मनोनयमा परेका हुन् ।

रोनाल्डो सकर अवार्डमा ८ पटक मनोनयनमा परिसकेका छन् । उनले चार पटक यो अवार्ड जितेका छन् । पछिल्लो दुईपटक लगातार उनले अवार्ड जितेका थिए ।

त्यस्तै विश्व कप विजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प, रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमिओनी, लिभरपुलका योर्गन क्लोप र युभेन्ट्सका मासिमालियानो एलिग्री उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । विभिन्न विधाका १३ अवार्डमा मनोनयन सार्वजनिक भएका छन् । अवार्डको घोषणा आगामी जनवरीमा गरिने बताइएको छ ।

LIVE TV