१२ मंसिर २०७५, बुधबार

सल्यान । अल्पायुमा नै आमाबुवा गुमाएपछि ७ बालबालिकाको विचल्ली भएको छ । सल्यानको कालिमाटी गाउँपालिका २ किचेनखोलाका शसिक विक र शसिकला विकको मृत्यु भएपछि सात बालबालिकाको विचल्ली भएको हो । जब अामाबुवाकाे मृत्यु भयाे अनि थपियाे १८ वर्षीय कासिराम विकमाथि सम्पूर्ण जिम्मेवारी ।

काशीरामका १६ वर्षीय भीमबहादुर विक, १४ वर्षीय झुपलाल विक, ११ वर्षीय दुर्गालाल विक, १० वर्षीय रोशन विक, ७ वर्षिय शोभा विक र ४ वर्षीय दीपक विक गरी ६ भार्इबहिनी रहेका छन् ।

तीन वर्ष अघि बुवा र एक महिना अघि आमा गुमाएका कासिरामले अाफूसहित सात भाइबहिनीहरूको जिन्दगी उकास्ने काेसिस गरिरहेका छन् । कासिरामले अाफ्नै गाउँमा दैनिक मजदुरी गरी आफ्ना साना भाई बहिनीहरूकाे जसाेतसाे पेट भरिरहेका छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV