११ मंसिर २०७५, मंगलवार

काठमाडौं । हाम्रो यस कार्यक्रममा राजधानीका चलेका कलेजहरुमा पढाउने भारतीय नागरिक वि.एस. गौतम भट्टचार्याले आफ्नै विद्यार्थीलाई ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गरेको देखायौं ।

सानीमायाँको फोटाे, भिडियो राखेर ब्ल्याकमेल गर्दैगर्दा रंगेहात पक्राउ परेपछि उनका पक्षकी वकिलले अदालतबाट भन्दै पीडितलाई फोन गरेको पनि देखायौं ।

हामीले कार्यक्रममा यो सब प्रशारण गरेपछि उनको सबैले आलोचना गरेका थिए । आइतबार भने तिनै वकिल हाम्रो कार्यालय आएर आफूलाई पीडितका बारेमा थाहा नभएकाले उक्त मुद्धा लिन लागेको भन्दै अब भने प्रोफेसर भट्टाचार्यको मुद्धा आफूले नलिने बताइन् ।

यस अघिनै उनले प्रोफेसरकी श्रीमतिलाई आफूले तपाइको श्रीमानको मुद्धा लिन नसक्ने भन्दै म्यासेज पठाइसकेकी रहिछन् । उनी अब सानीमायाँलाई वकिलको आवश्यकता परे आफू निशुल्क वकालत गर्न तयार रहेको बताइन् ।

हामी यो सब सानीमायाँलाई जानकारी गराएपछि उनले पनि खुसी व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV