११ मंसिर २०७५, मंगलवार

काठमाडौं । सामाजिक सुरक्षा योजना लागु भएसंगै श्रमिकको स्वास्थ्य उपचारका लागि पनि विशेष व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कोषको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १ दशमलव ४ ० प्रतिशत दुर्घटना तथा अशक्तताका लागि छुट्याइएको छ । ६ महिना योगदान गर्ने योगदानकर्ता श्रमिकले यो योजना बमोजिमको औषिध उपचार तथा स्वास्थ्य सुविधा पाउने छन् ।

तर, मातृत्व सुरक्षा वापतको सुविधा १८ महिनाको अवधिमा १२ महिना योगदान गरेको अवस्थामा मात्र पाइनेछ । कामदारको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रिया बापतको शुल्क, रोगको परीक्षण तथा उपचार बपतको खर्च, औषधिको बिल बमोजिमको खर्चको व्यवस्था रहेको छ ।

यस्तै योगदानकर्ता श्रमिक वा योगदानकर्ता योगदानकर्ता श्रमिकको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार वापतको खर्च पाउनेछन् । श्रमिकलाई अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्ता श्रमिकलाई वार्षिक रुपमा एक लाख रुपैयाँमा नबढ्ने गरी भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ ।

अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्ता श्रमिकहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम वार्षिक रुपमा बढीमा २५ हजारसम्म प्रदान गरिनेछ ।

LIVE TV