११ मंसिर २०७५, मंगलवार

काठमाडौँ । काठमाडौं टोखा नगरपालिका–८ ग्राण्डी चोकस्थित एक मोबाइल पसलमा आज चोरी भएको छ । स्थानीय दिलबहादुर लिम्बुको अभि मोबाइल पसलबाट आज बिहान विभिन्न कम्पनीका मोबाइल १९ थान, टिभी दुई थान, घडी ४१ थान र मोबाइल चार्जर नौ थान चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पसलबाट करीब रु दुई लाख ६६ हजार बराबरको मालसामान चोरी भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सो घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको र चोरीमा संलग्न व्यक्तिको खोजी जरी रहेको जनाइएको छ ।

LIVE TV