११ मंसिर २०७५, मंगलवार

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार देश विकास गर्न बनेको बताएका छन् । सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार देश विकास गर्न बनेको हो, जुम्रा मार्न बनेको होइन ।’

पछिल्लो समय सामाजिक सञ्जाल लगाएतमा विभिन्न आलोचनाहरु जस्तै कसैले सरकार कहाँ छ ? भन्दै आलोचना गरेरका छन्, त कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भनेका छन् । यीनै आलोचनाहरु प्रतिउत्तरमा प्रधानमन्त्री ओली यो सरकार देश बिकास गर्न बनेको बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार काम गर्न व्यस्त रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV