आइएनजीको कार्यक्रममा सरकारकाे कराेडाैँ लगानी, नागरिक मञ्चद्वारा विरोध
काठमाडौं । मंसिर १५ र १६ गते काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मेलनको नागरिक मञ्चले विरोध गरेको छ । गैर सरकारी संस्थाको कार्यक्रममा सरकारी बजेट विनियोजन गर्नु आपत्तिजनक भएको भन्दै विरोध गरिएको हो ।
आज माइतिघर मण्डलामा नागरिक मञ्चले सम्मेलनको विरोध जनाउँदै प्रदर्शन समते गरेको छ । आइएनजिओको कार्यक्रममा सरकारले लगानी गरेको विषयमा प्रश्न गर्दै सरकारलसँग जवाफ समेत मागेको छ ।
कार्यक्रमको लागि २ करोड बजेट विनियोजन गरेकोप्रति मञ्चको ध्यानाकर्षण भएको मञ्चका संयोजक राजु सुनारले बताए ।
नेपालका लागि एकनाथ ढकाल अध्यक्ष रहेको युनिभर्सल पीस फेडेरेशन (युपीएफ) ले आयोजना गर्न लागेको एसिया प्यासिफिक सम्मेलन क्रिश्चियन धर्मको प्रचारका लागि आयोजना गर्न लागिएको भन्दै नागरिकस्तरबाटै विरोध भइरहेकाे छ ।
साे सम्मेलनका लागि ढकालले २० कराेड रुपैयाँ अमेरिकास्थित युपीएफबाट अाउने बताएका छन् । तर सरकारसँग साेही कार्यक्रमका लागि भन्दै विभिन्न शीर्षकमा झण्डै ३२ कराेड बजेट विनियाेजन गर्न माग भइरहेकाे स्राेतले जनाएकाे छ ।