११ मंसिर २०७५, मंगलवार

काठमाडौं । छद्म गतिविधि र धर्म प्रचारजन्य क्रियाकलापमा संलग्न रहँदै अाएकाे अाराेप लागेकाे युनिभर्सल पिस फेडरेसन (युपीएफ) ले अाफ्नाे एक सम्मेलनमा नेपाल सरकारलार्इ सह-अायाेजकका रुपमा राखेकाेप्रति चाैर्फी अालाेचना र विराेध भयाे । अन्तत: युपीएफले अलिकति सच्याउँदै नेपाल सरकार सह-अायाेजक नभर्इ सपाेर्टर मात्र रहेकाे भनी अाफ्नाे निमन्त्रणा कार्ड पुनर्वितरण गर्याे । तर साे कार्डमा पनि नेपाल सरकार र संसदकाे लाेगाे भने यथावत रहेकाे छ ।

करिब २० करोड रुपैयाँ खर्चेर गर्न लागिएकाे  ‘द एसिया प्यासिफिक समिट २०१८’ नामक  उक्त कार्यक्रमकाे अामन्त्रकमै पूर्व-प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकाे नाम समेत रहेकाे छ । अामन्त्रक कमिटीकाे प्रमुखकाे रुपमा रहेका नेता नेपालले युपीएफले गर्न लागेको सम्मेलनमा सरकार सह-आयोजक नभएर ‘सपोर्टर’ मात्र रहेको पत्रकार सम्मेलनमार्फत बताएका छन् ।

यही नाेभेम्बर ३० बाट काठमाडाैँमा अायाेजना हुन लागेकाे साे सम्मेलनमा २० करोड रुपैयाँ खर्च लाग्ने पूर्वमन्त्री तथा युपीएफ-नेपालका अध्यक्ष एकनाथ ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । साे खर्च युपीएफको अमेरिकास्थित हेड क्वार्टरले व्यहाेर्ने ढकालले दाबी गरे तापनि सम्मेलनकै लागि भनेर नेपाल सरकारसँग ‘३१ करोड’ रुपैयाँ माग गरेको विशेष स्राेतबाट खुल्न अाएकाे छ ।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले सम्मेलनमा विश्वका ४५ देशबाट १५ सय हाराहारीमा प्रतिनिधि उपस्थित हुने समेत जानकारी दिए । तीमध्ये ५०० ‘अति विशिष्ट’ पाहुना हुने उनकाे भनाइ थियाे ।

हाेटल हायातमा ४ दिनसम्म चल्ने सम्मेलनमा शान्ति, विकास, सुशासन तथा अन्तर-धार्मिक संगठनकाे भूमिकाका साथै जलवायु परिवर्तन लगायत विषयमा छलफल हुने जनाइएकाे छ । सम्मेलनकै लागि हायातमा करिव ३६०० जना अट्ने अस्थायी सम्मेलन हल निर्माण गरिएको छ ।

सम्मेलनकाे अन्तिम दिन पारिवारिक मेलमिलाप र विवाह, वैवाहिक प्रतिबद्धता लगायत विषयमा ‘फादर मुन’काे सिद्धान्तमा अाधारित प्रवचन समेत दिइने जनाइएकाे छ ।

यही सम्मेलनका क्रममा युनिफिकेशन चर्चकाे नेतृत्व गरिरहेकी युपीएफका संस्थापक नेता सन म्याेंग मुन (फादर मुन)की श्रीमती  डा‍. हाक जा हानलाई ‘जिससकी एक मात्र सच्चा छाेरी’ घाेषणा गर्ने कार्यक्रम समेत रहेकाे स्राेतले जनाएकाे छ । यद्यपि उनकाे नाम भने गाेप्य राखिएकाे छ । सम्मेलनका लागि उनी नेपाल अाउँदैछिन् ।

सम्बन्धित

‘अाइएनजिअाेभन्दा कमजाेर किन भयाे सरकार, क्रिश्चियन धर्म प्रचार सम्मेलनमा सरकार सहआयोजक हुनु दु:खद’

प्रतिक्रिया दिनुहोस्
LIVE TV