१० मंसिर २०७५, सोमबार

बेरुत। सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २०० जनाको मृत्यु भएको सिरियाली मानब अधिकारवादी समूहहरूले जनाएका छन् ।

झडपहरूमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् ।इस्लामिक स्टेट (आइएस) लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले सोमबार जानकारी दिएका छन् ।

भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ । यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सवैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरु मारिएको घटना हो ।

“आइएस लडाकूहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५ पछिकै यो सवैभन्दा ठूलो घटना हो,” सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले भन्नुभयो । उहाँले दिएको जानकारी अनुसार उक्त घटनाहरूमा परी ६१ जना जिहादि विद्रोही पनि मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV