१० मंसिर २०७५, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकाको सडक बनाउने र भत्काउने काम सँगसँगै जस्तो हुने गरेको छ । सडकको दूरावस्था आउनुमा सरोकारवाला निकायको समन्वय अभाव प्रमुख कारण मानिएको छ । कतिपय सडक पिच गरिएको एक वर्षपनि टिक्दैनन् । सडकमा हुने खाल्डाखुल्डीको त गणना नै छैन । सडकको मर्मत सम्भारको नाममा खर्च धेरै नै हुने गरेको छ ।

यो चाबहिल–गोपिकृष्ण–कपन सडकखण्ड हो । यो सडक ६ महिना अघि मात्र पिच भएको थियो । तर, अहिले फेरी भत्काएर बनाउने काम सुरु भएको छ । सडक पिचको आयु कम्तिमा पनि पाँच वर्ष हुनुपर्ने हो । तर, ६ महिनामै भत्किने अवस्थाले खर्चलाई ह्वात्तै बढाइदिने गरेको छ । चाबहिलबाट गोपीकृष्णदेखि कपनसम्मको सडक पिचमा करिब २० लाख खर्च भएको छ ।

गोर्खा एप्रिप्रियट नामको निर्माण कम्पनीले बनाएको ९ मिटर चौडाइको ७ सय मिटरको यो सडक एक बर्षमा नै भत्कियो । सडक कालोपत्रे गर्न प्रतिकिलोमिटर ८० देखि ८५ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । कम गुणस्तरको सामाग्री प्रयोग एउटा समस्या हो भने अर्कोतर्फ खानेपानी तथा ढल निकासको नाममा सडक भत्काउने काम अर्को समस्या हो ।

एउटै सडकमा दुइ पटक बजेट खर्च गर्नु पर्ने हुन्छ । यता सर्वसाधारण भने स्थानीय सरकारलाई दोष दिन्छन् । बर्षेनी करोडौँ खर्च गरे पनि सडक सुधार हुन नसक्नु लाजमर्दो कुरा हो । उपत्यकको सडक भर्र्खरै ग्राभेल गरेका ग्रामिण सडक भन्दा कम छैनन् । सरकार करोडौं बजेट सडकका खाल्डा पुर्न खर्च गर्छ तर खाल्डा पुरेर कहिलै सकिदैन । यो लाचारिपन आखिर कहिलेसम्म ?

प्रतिक्रिया दिनुहोस्
LIVE TV