१० मंसिर २०७५, सोमबार

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको बजार भाऊ घटेको छ ।

पछिल्लो समय नेपाली रुपैयाँको तुलनामा डलरको भाउ सस्तिदै गएपछि सुनचाँदीको भाउमा पनि कमि आएको छ । आइतबार प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन सोमबार ३ सय रुपैयाँले घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुन ५७ हजार ४ सय रुपैयाँमा खरिदविक्री भएको छ । चाँदी प्रति तोला ५ रुपैयाँले घटेर ७ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले प्रति दश ग्राम फाइन गुणस्तरको सुन ४९ हजार ४ सय ७० रुपैयाँ, तेजावी सुन ४९ हजार २ सय १५ रुपैयाँ र चाँदी ६ सय ४ रुपैयाँ ५० पैसा तोकेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य समायोजन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV