१० मंसिर २०७५, सोमबार
  • तारा आचार्य,

विराटनगर, १० मंसिर । एक नम्बर प्रदेश सरकारले प्रदेशका १ सय वटा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि विद्यालयहरुमा आईसीटी ल्याब बनाउने भएको छ ।

सामुदायिक विद्यालयहरुको स्तर वृद्धि गर्न डिजिटल साक्षरता उपलब्ध गराउने उद्देश्यले इन्टरनेटको पहुँच पु¥याउन लागिएको हो । यसका लागि प्रत्येक विद्यालयमा करिब ६ लाख रुपैयाँको लागतमा आईसीटी ल्याब निर्माण गरिनेछ । ल्याब निर्माणका लागि प्रदेश सरकारले प्रत्येक विद्यालयलाई २ लाख, इक्वालिटी फाउण्डेशनले २ लाख र स्थानीयबाट २ लाख रुपैयाँ संकलन गरिने बताइएको छ ।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सरकारी विद्यालय सुधार बारेको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले शैक्षिक गुणस्तर सुधार प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउदै डिजिटल साक्षरताबाट सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस परियोजनाको एक वर्षको उपलब्धि हेरेर प्रदेशका सबै विद्यालयहरुमा परियोजनालाई विस्तार गरिने जानकारी दिनुभयो । एक नम्बर प्रदेश सरकारका मन्त्रीहरु, मन्त्रालयका सचिव, शिक्षाविद्, प्रधानाध्यापक र सरोकारवालाहरु उपस्थित रहेको अन्तक्र्रिया कार्यक्रममा इन्फर्मेशन टेक्नोलोजीको माध्यमबाट शैक्षिक गुणस्तर सुधार गर्ने तरिका बारे जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV