१० मंसिर २०७५, सोमबार

काठमाडाैं । तीन नम्बर प्रदेश सभाको बैठक लामो समयपछि सोमबार बस्दैछ । बैठकमा राजधानीको विषयले भने प्रवेश नपाउने भएको छ ।अहिले मन्त्रीपरिषद्बाट पास भएका ६ वटा विधेयक पास गर्ने र पछिमात्रै राजधानीको विषयमा प्रवेश गर्ने तयारी भएको छ । राजधानीको विषयमा थप छलफलको आवश्यकता रहेको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बताउनुभएको छ । प्रदेशसभाले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश संंस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सकेको छ ।

यस्तै प्रदेश कार्य सञ्चालन कोष–२०७५ विधेयकमाथि अर्थ तथा विकास समितिले छलफल गरेको छ । सरकार गठन भएको १० महिना भइसक्दा पनि कानुनको अभावले प्रदेश सरकारले स्थायी राजधानीको विषयलाई लिएर लामो समयसम्म प्रदेशसभा बैठक नबस्ने र सभामा पेश भएका विधेयक अड्किँदा प्रदेश सरकारले काम गर्न नसकेको आरोप सांसदहरुले लगाउँदै आएका छन् । प्रदेशको राजधानीबारे सहमति जुटाउन स्थगित गरिएको बैठक डेढ महिनापछि आज बस्न लागेको हो ।

बैठकले प्रदेशसभामा पेश भएका र विषयगत समितिमा छलफल भएका विधेयकहरुलाई अघि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV