१० मंसिर २०७५, सोमबार

काठमाडौं । युवा गायक राजेश केसी र चर्चित गायिका टिका प्रसार्इको स्वरमा रहेको ‘जे पनि हुनसक्छ मायामा’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

राज प्रताप केसी को शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माले अभिनय रहेको छ ।

गम्भीर बिस्टको कोरियोग्राफी उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको ‘जे पनि हुनसक्छ मायामा’ को भिडियोलाई पछिल्लो समयका ब्यस्त भिडियो निर्देशक बिकाश सुबेदीले निर्देशन गरेका हुन ।

भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । लामो समयदेखि अस्ट्रेलियाको सिड्नी बस्दै आउनु भएका गायक राजेश केसीको करिब १ दर्जन गीतहरु आइसकेका छन् ।

LIVE TV