१० मंसिर २०७५, सोमबार

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोक्नेछ भने पोलिटब्यूरो कमिटी गठन गर्ने विषयमा पनि छलफल गर्ने कार्यसूची छ ।

शनिबार बसेको सचिवालय बैठकमा नेताहरुको कार्यविभाजनबारे छलफल भए पनि थप गृहकार्य गर्न भन्दै एक दिन रोकिएको बैठक फेरि बस्न लागेको हो ।

आजको बैठकले पोलिटब्युरो कमिटीको पनि टुंगो लगाउने बताइएको छ । नेकपाको पार्टी एकता भएको ६ महिना पूरा हुँदा पार्टीको तल्लो तहसम्म एकता प्रक्रिया अघि बढ्न सकेको छैन । सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी नेकपाको छ ।

LIVE TV