१० मंसिर २०७५, सोमबार

धादिङ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताउनुभएको छ ।उहाँले कांग्रेस पार्टीमा देखिएको गुट अन्त्य गरी पार्टी एक गर्ने सुरुवात धादिङ जिल्लाबाट नै हुनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्वमहासमिति सदस्य तेजप्रसाद उप्रेतीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले भन्नुभयो, ‘पार्टी एकता कायम गर्नु जरुरी छ । पार्टी एकता भएन भने कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ । ’ याे समाचार अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV