९ मंसिर २०७५, आईतवार

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

आज बैठकमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाको प्रतिवेदन पेश गर्ने तयारी छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिको प्रतिवेदन केन्द्रीय सदस्यलाई अध्ययनका लागि वितरण गर्ने तयारी भएको छ । केन्द्रीय सदस्यालाई विधानको मस्यौदा अध्ययनका लागि कम्तिमा दुई र बढीमा चार दिनको समय दिइने बताइएको छ ।

विधान मस्यौदाले अन्तिम रुप नपाउँदा मंसिर पाँचदेखि ९ गतेसम्मका लागि तोकिएको महासमिति बैठक स्थगित भएको थियो । कांग्रेसले महासमिति बैठकका लागि मंसिर २८ देखि पुस ३ गतेसम्मको नयाँ मिति तोकेको छ । महासमिति बैठकलाई सहज हुने गरी विधानलाई अन्तिम रुप दिने गरी तयारी गरिएको हो । कांग्रेसको प्रस्तावित मस्यौदामा केन्द्रीय सदस्यको संख्या १४१ पु¥याउने प्रस्ताव गरिएको छ ।

अहिले कांग्रेसमा केन्द्रीय सदस्याको संख्या ८५ छ । यस्तै मस्यौदाको मुल प्रस्तावमा पदाधिकारीको संख्या अहिले कायम रहेकै बनाउने प्रस्ताव गरिएको छ । सदस्यको प्रकृति एउटै बनाउने प्रस्ताव पनि गरिएको छ । अहिले कांग्रेसमा साधारण र क्रियाशील सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV