९ मंसिर २०७५, आईतवार

एजेन्सी । भारतको कर्नाटक राज्यमा आज भएको बस दुर्घटनामा मृतकको संख्या २८ पुगेको छ । दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा भएको दुर्घटनामा बस सडकबाट चिप्लिएर नहरको तालमा खसेको थियो ।

मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिका समेत रहेको प्रहरीको भनाई छ । दुर्घटना अत्यधिक तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेका थिए । यसैबीच कर्नाटकका मुख्यमन्त्री एच. डी कमास्वामीले दुर्घटनामा परेका पीडितका परिवारलाई राहत सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV