९ मंसिर २०७५, आईतवार

काठमाडौँ। सरकारका अधिकांश निर्णय कार्यान्वयन नहुँदा नागरिकमा निराशा छाउन थालेको छ ।

सरकार गठन भएको आठ महिना पूरा हुँदा पनि नतिजामुखी कामको शुरुवात हुन सकेको छैन । प्रधानमन्त्रीबाट निर्णय कार्यान्वयनका लागि ‘ब्युरोक्रेसी’ लाई निर्देशन दिइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदमुकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहित रंगशाला बनाउने, प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय खोल्ने निर्णय गरेको थियो । तर ती निर्णय कागजमा मात्रै सीमित भएका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV