८ मंसिर २०७५, शनिबार

भुक्तपुर । शुक्रबार विहान १० बजे सवारी चालक अनुमती पत्र नविकरणका लागि सवारी चालक अनुमती पत्र प्रदेश नं. ३ को कार्यालय भतmपुर जगाती पुगेका सर्वसाधारण ११ बजेसम्म पनि काम सुरु नभएपछि आक्रोसित थिए ।

अच्चम त के भने ११ बजेसम्म पनि कार्यालय कार्यालय प्रमुख किरण ढकाल तथा कम्युटर अधिकृत राजेन्द्र प्र्र्रसाद भट्टराई उपस्थीत थिएनन् जसका कारण कार्यालयमा सेवा लिन आएका सेवाग्राहीको काम ठप्प थियो ।

यो सबै देखेपछि हाम्रा टिभी जर्नालिष्ट राजु कोइरालाले भिडियो खिच्न थाले । यसपछि कार्यालयका सहायकले कार्यालय प्रमुख तथा अन्य कर्मचारीलाई फोन गरेर बोलाउन थाले ।

उनका अनुसार अनुपस्थीत कर्मचारी ११ बजे खाना खान गएका थिए । कार्यालयको यो भद्रगोल खिचिरहेको थाहा पाएपछि भिडियो खिच्न नपाइने भन्दै कार्यालयका सहयोगी टिभी जर्नालिष्टमा माथी जाइलागे ।

कार्यालय सहयोगी मात्रै होइन हामीले रिपोर्टिङ सुरु गरेपछि मात्रै हतार हतार कार्यालयमा आएका कार्यालय प्रमुख किरण ढकालले समेत भिडियो नखिच्नुस भन्दै क्यामेरा बन्द गरिदिए ।

सेवाग्राहीको कामलाई तिलान्जली दिदै मध्यान्हसम्म कार्यालयमा अनुपस्थीत हुने र कार्यालयको भद्रगोल देखाउन रिपोर्टिङ गर्न पुगेको पत्रकारमाथि जाइलाग्ने प्रवृतीले कस्ता कर्मचारी छन् प्रष्ट हुन्छ ।

LIVE TV