८ मंसिर २०७५, शनिबार

काठमाडौं । बलात्कारपछि निर्मम हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । छोरीको न्यायका लागि १३ औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रिएको हो ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर पीडित परिवारको स्वास्थ्य परीक्षण गरेको थियो ।चिकित्सकको टोलीले धर्ना दिइरहेकै ठाउमा गई स्वास्थ परीक्षण र उपचार गरेपनि पन्तको बोली ब्यवहार भने असामान्य बन्दै गएको छ ।

अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहको छ । वरिष्ठ मनो रोग चिकित्सक डाक्टर पुष्पप्रसाद शर्माका अनुसार पन्तलाई मानसिक समस्या भएको जस्तो देखिएकाले यस्ता व्यक्तिले अफुलाई वा कसै अरुलाई क्षती पु¥याउनु पुर्व उपचार गराउनु पर्ने बताउँछन् ।

पन्त रातभर नसुत्ने, बर्बराउने, रुने र अरुलाई गालीगलौज गर्दै हिड्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV