८ मंसिर २०७५, शनिबार

काभ्रे । बनेपाको डम्पिङ साइटमा फोहर बालेपछि पूरै सहर प्रदुषित भएको छ । बनेपा नगरपालिका– ७ श्रीखण्डपुरमा रहेको डप्पिङ साइटमा फोहर बालेपछि धुलिखेल, बनेपा र पनौतीका अधिकांश स्थान प्रदुषित भएका हुन् ।

शुक्रबार साँझ ५ बजेतिर बालेको फोहरको धुँवा र दुर्गन्धले असह्य भएपछी स्थानीयबासीले अवरोध गरेका थिए । धुलिखेलको सिमाना नजिक भएकाले धुलिखेल ५ का स्थानीयबासी सबैभन्दा बढी प्रभावित भएको छ ।

प्रदुषित धुँवाले स्थानीयमा आँखा पोल्ने,स्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिएको छ । वडाध्यक्ष रञ्जितकारका अनुसार स्थानीयले करिब २० वर्षदेखि यो समस्या भोग्दै आएका छन् ।

बनेपा वडा नं ७ को पहलमा फोहरमा आगो लगाइएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV