८ मंसिर २०७५, शनिबार

सप्तरी । सप्तरीको इर्नवामा भएको बस दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले प्रति परिवार एक–एक लाख रुपैँया राहत स्वरुप दिने भएको छ ।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश २ सरकारले बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प राहत स्वरुप एक–एक लाख रुपैँया दिने घोषणा गरेको हो । यस्तै, दुर्घटनामा परी घाइते भएकाको उपचार खर्च समेत प्रदेश सरकारले बेर्होने जनाएको छ । त्यसैगरी, प्रदेश नम्बर २ मा सडक दुर्घटना बढेकाले न्यूनीकरणको उपाय सहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिएर उच्च स्तरीय समिति गठन गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

यसअघि, दुर्घटना परी मृत्यु भएकाको परिवारलाई डाकनेश्वरी नगरपालिकाले किरिया खर्च बापत २५–२५ हजार रुपैँया प्रदान गर्ने समेत निर्णय गरेको थियो । त्यस्तै, शोक मनाउन भोलि स्थानीय तहमा बिदा दिने समेत नगरपालिकाले निर्णय गरेको थियो । शुक्रबार सुनसरीको बराहक्षेत्र धामबाट फर्किने क्रममा राजविराज–हनुमाननगर सडक खण्ड अन्तरगत इर्नवाटोल नजिक सडक भन्दा उतर रहेको पोखरीमा पल्टेको थियो ।

सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्किने क्रममा को १ ख २७९९ नम्बरको बस सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित इनरुवा चौक नजिकै दुर्घटना भएको थियो । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV