८ मंसिर २०७५, शनिबार

काठमाडाैँ । सरस्वती युथ क्लवले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा सरस्वती क्लवले फ्रेन्ड्सविरुद्ध ३/० को जित निकालेको हो ।

खेलको सुरुवातमै फ्रेन्ड्समाथि हावी देखिएको सरस्वतीका लागि १३ औं मिनेटमा भिक्टर अमोबी ओजोअनिल्जेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सरस्वतीका लागि ७३ औं मिनेटमा फ्रान्सीसले गोल गर्दै फ्रेन्ड्सलाई दबाबमा राखेका थिए । खेलको ८३ औं मिनेटमा सरस्वतीका ओलुसोला के इब्राहिमले गोल गर्दै टिमको अग्रतालाई तेब्बर बनाएका थिए । जितसँगै सरस्वती क्बलले ३ अंक जोडेको छ । त्यस्तै आजै भएको अर्को खलमा हिमालयन शेर्पाले जाउलाखेल युथ क्लवलाई दुई एकले पराजित ग¥यो ।

खेलको ६६ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए । त्यसपछि ७५ औं मिनेटमा फेरी कर्ण लिम्बुले नै गोल गर्दै अन्तर दुई शुन्यमा पुर्याए । जाउलाखेलले ८६ औं मिनेटमा अनिश गुरुङले गोल मार्फत एक गोल फर्काए । जितसँगै ७ अंक बटुलेको हिमालयन लिगको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV