८ मंसिर २०७५, शनिबार

काठमाडौँ । सहमति विपरित कल डिपोजिटमा धेरै ब्याज दिएको उजुरी बैकर्स संघमा परेको छ । राष्ट्र बैंकको निर्देशनलाई समेत बैंकहरुले नटेरेको गुनासो बैंकर्स संघले गरेको छ ।

सहमति बिपरित केही बैंकले कल डिपोजिटमा उच्च ब्याज दिएको उजुरी बैंकर्स संघमा परेको छ । नेपाल राष्ट्र बैंकले गरेको ब्यवस्थालाई समेत उल्लंघन गरेर कल डिपोजिटमा उच्च ब्याज दिएको उजुरी संघमा परेको हो । राष्ट्र बैंकले बचतको न्यून ब्याज बराबरसम्म मात्र कल डिपोजिटमा ब्याज दिन पाईने ब्यवस्था गरेको छ । बचत खातामा दिईने ब्याजको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढि हुन नहुने ब्यवस्था छ । बैंकर्स संघले बचतमा बढिमा ७ प्रतिशत मात्र ब्याज दिन पाईने सहमति गरेका छन् ।

राष्ट्र बैंकको २ प्रतिशत बिन्दुको अन्तर राख्दा न्युनतम ब्याज ५ प्रतिशत हुन्छ । सहमति अनुसार ५ प्रतिशत मात्र कल डिपोजिटमा ब्याज दिनु पर्ने हुन्छ । तर केही बैंकले ७ प्रतिशतसम्म कल डिपोजिटमा ब्याज दिएको उजुरी बैंकर संघमा परेको हो । संस्थागत निक्षेपकर्तालाई सम्झौतामा ५ प्रतिशत दिएको उल्लेख गरेर आफ्नो प्रणालीमा भने ७ प्रतिशत चढाईएको प्रमाणसमेत संघमा पुगेको आरोप छ । बैकिङ प्रणालीमा असर पुगेको भन्दै संघले सदस्य बैकरलाई गलत काम नगर्न निर्देशन समेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV