८ मंसिर २०७५, शनिबार
  • ज्योति कुमार पन्थी

बर्दिया । नेपाली कांग्रेस बर्दियाका सभापति एवं पूर्व सिचाईमन्त्रि सञ्जय कुमार गौतमले दैनिक जीवनमा योग अपरिहार्य भयकाे बताउनु भएकाे छ । पतंञ्जलि योग समिति गुलरियाले बर्दियाको गुलरियामा अायाेजना गरेको योग शिविरको शनिबार उद्घाघाटन गर्दै पूर्व मन्त्री गौतमले अाजकाे जीवनमा योग अपरिहार्य भयकाे बताउनु भएकाे हो ।

उहाँले आज भोलि प्रयोग गरिने बिशादियुत्त खानपानका कारण र नयाँ/नयाँ खानपानले स्वास्थ्यमा असर पारेको बताउँदै दैनिक योग गर्नाले केही मात्रामा भय पनि रोग निवारण गर्न सहयोग पुग्ने भएकाले पनि अाजकाे दैनिक जीवनमा यो अपरिहार्य रहेको बताउनु भयो ।

पतञ्जति योग समिति गुलरियाले अायाेजना गरेको निःशुल्क योग शिविरमा दैनिक ८ सय जना सम्मले भाग लिन सक्ने व्यवस्था गरेको पतञ्जलि योग समिति गुलरियाका अध्यक्ष डिल्लिराज ज्ञवालीले बताउनु भयो ।

मङ्सिर ८ गते देखि १५ गते सम्म सञ्चालन हुने योग शिविरमा योग गुरु लवदेव मिश्रले प्रशिक्षण गरी रहनु भएकाे छ । शनिबारदेखि सञ्चालनमा अायकाे योग शिविरमा गुलरिया लगायतका अन्य स्थानबाट समेत सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV