७ मंसिर २०७५, शुक्रबार
  • अमर काफ्ले,

इनरुवा । युवा लक्षित कार्यक्रम गर्दै आएको यूथ क्रिएसनले सुनसरीमा आगामी वर्ष २०१९ मा समेत परियोजनालाई निरन्तरता दिने भएको छ ।

वल्र्ड भिजनको साझेदारीमा सुनसरीमा युवा बिकास परियोजना सञ्चालन गर्दै आएको क्रिएसनले सन् २०१९ मा युवा विकास परियोजनाकासाथै सामूदायिक संलग्नता स्पोन्सरसीप परियोजना र विपद् पूर्व तयारी परियोजनालाई निरन्तरता दिने जनाएको छ ।

सुनसरीको साविकका गाविसहरु मधेशा,मधेली, एकम्बा, चाँदबेला, पकली र भाषीमा सञ्चालित परियोजनालाई आगामी वर्ष थप प्रभावकारी तवरले सम्पादित गर्ने गरी तयारी थालिएको परियोजना संयोजक भविन्द्र विश्वकर्माले जानकारी दिए ।

जिल्लामा निरन्तरता दिन लागिएको परियोजनाका बारेमा प्रजिअ प्रेमप्रकाश उप्रेती सहित सरोकारवालाहरुको उपस्थितीमा इनरुवामा अभिमूखीकरण कार्यक्रमको आयोजना गरी जानकारी गराइएको छ ।

युवा बिकास परियोजना अन्र्तगत यूथ क्रिएसनले सुनसरीमा युवा रोजगारी, उद्यमशिलता, सकृय नागरिक उत्पादन, नेतृत्व बिकासका साथै व्यावसायीक सीप बिकास तालिम जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

LIVE TV