७ मंसिर २०७५, शुक्रबार

काठमाडौँ । किष्ट बैंकमा भएकाे ठूलाे घाेटालामा बैंकका तत्कालीन नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ परेका छन् । लामाे समय फरार अभियुक्तका रुपमा रहेका घर्तीलार्इ बिहीबार  नेपाल प्रहरी अन्तरगतकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेकाे हाे ।

‘बैंकिङ कसुर’मा पक्राउ गरिएका घर्तीलार्इ अाज अदालतमा उपस्थित गराएर थप अनुसन्धान गरिने सीअाइबीले जनाएकाे छ । सोही प्रकरणमा टाेलीले प्रवीण श्रेष्ठलार्इ पक्राउ गरेकाे छ ।

तत्कालीन किष्ट बैंकमा कराेडाैँ रकम कमसल धिताे र अनधिकृत ऋण प्रवाहका माध्यमद्वारा घाेटाला गरिएकाे थियाे । साेही प्रकरणमा सिअाइबीले बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीलाई गत असोज १९ गते भारतबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV